पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । प्रहरीले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ गरेको छ ।
<span;>उहाँलाई आज राती केहीबेर अघि प्रहरीले पक्राउ गरेको हो ।
उहाँलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । उहाँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो । घटनाको थप अनुसन्धान भई रहेको जनाईए पनि समाचार सामग्रीको सन्दर्भमा हो या अन्य कारण हो खुलाईएको छैन ।
केहीदिन अघि श्रेष्ठले एक प्रतिनिधि सभा सदस्यसंग एक युवतीको तस्वीर सार्वजनिक गर्नु भएको थियो ।