बुटवल । नेपालमा सोफा तथा फर्निचर उधोगमा बिश्वास जित्न सफल भएको एक ब्यावसायिक समुहले बुटवलमा नयाँ शोरुम संचालन गरेको छ ।
काठमाडौंमा उत्पादित सोफा सहितका फर्निसिङ सामग्री बुटवलमा समेत उपलब्ध गराउने उदेश्यले शोरुम संचालन गरिएको संचालकहरुले बताएका छ्न । बुटवल कालिकानगर (कालिका मानव ज्ञान माबी नजिकै )मा संचालन गरिएको बुटवल सोफा एन्ड फर्निचर हबको आज एक कार्यक्रम बिच रुपन्देही उधोग संघका अध्यक्ष कृष्ण पराजुलीले सुभारम्भ गर्नु भयो । सो अवसरमा उहाँले फर्निचर क्षेत्रमा बुटवल अगाडी बढेेको बताउनु हुँदै ब्यवसायिक सफलताको शुभकामना दिनु भयो ।
यो सातौं ब्यवसायीक प्रतीष्ठान हो । काठमाडौंमा २ स्थानमा , चितवन , नवलपरासीको कावासोती र बुटवलको २ स्थानमा यो ब्यवसायिक समुहले शोरुम संचालन गरिसकेको छ ।” कालिकानगरको बुटवल सोफा एन्ड फर्निचर हब सातौं प्रतीष्ठान हो ।” संचालक बाबुराम देबकोटाले भन्नुभयो – “काठमाडौंको हाम्रो उत्पादन देश भरि पुर्याउने र ग्राहकको चाहना तथा आवश्यकतालाई पुरा गर्ने उदेश्य रहेको छ ।”
अन्य शाखा प्रतिष्ठानको सफलता पछी उत्साहित उक्त समुहले बुटवलको कालिकानगरमा शोरुम संचालनमा ल्याएकाले रोजी रोजी फर्निचरको सामान खरिद गर्ने उपभोक्ताको चाहना पूरा भएको छ ।
हबले साल, सिसौबाट बनेका उच्च गुणस्तरीय फर्निचर सामाग्रीका साथै सस्तो तर टिकाउ हुने फर्निचरका सामाग्री समेत उपलब्ध गराउने जनाएको छ । ” मुल्य र क्वालीटिमा फरक पर्दैन , ग्राहकलाई रित्तो हात फर्काउदैनौ । ” अर्का संचालक महेश देवकोटाले भन्नुभयो – क्वालीटि अनुसारको मुल्य छ ,अरु फर्निचर उधोगले भन्दा कम मुल्यमा शोफा र अन्य फर्निचरका सामान दिन्छौं।” हबले शोरुम ओपनिङको अवसरमा अफर समेत ल्याएको छ । शुरुमा १ लाख सम्मका फर्निचरका सामान खरिद गर्ने २० जना ग्राहकलाई १० हजार बराबरको उपहार प्रदान गर्ने संचालक देबकोटाले बताउनु भयो । उपहारको सट्टा नगदी छुट समेत लिन सकिने छ । बुटवल सोफा एन्ड फर्निचर हबले फ्री होम डेलिभरीका साथै घर र रुम सुहाउँदो फिनिसिङ सहित फर्निसिङका सम्पुर्ण सेवा प्रदान गर्ने जनाएको छ ।
You might also like