Nepali News Portal

बुटवल कालिका क्याम्पसलाई क्युएए मान्यता

बुटवल । बुटवल स्थित बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालबाट क्युएए प्राप्त गरेको छ।
स्थापनाको सबैभन्दा छोटो अवधिमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०७० सालमा स्थापना भएको क्याम्पसले १२ वर्षभित्रै QAA प्रमाणपत्र हात पारेको हो।
प्रमाणपत्र विश्वविद्यालय अनुदान आयोगको कार्यालय, भक्तपुरमा केही दिन अघि हस्तान्तरण गरिएको थियो ।क्याम्पसको QAA प्रक्रियाको मूल्यांकन प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले सुरुदेखि अन्तिमसम्म गरेको थियो ।
क्याम्पसले २०७९ असार २९ गते LOI (Letter of Intent) स्वीकृत गराएपछि SSR (Self Study Report) पेश, PRT टोलीको मूल्यांकन भ्रमण, Snap Visit, र EQAAC सिफारिस लगायतका सबै चरणहरू पूरा गरेको थियो। अन्ततः २०८२ असार ३२ गते औपचारिक रूपमा UGC बाट QAA प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले सबैको साझा प्र्यासबाट उपलब्धि हासिल भएको बताउनु भयो ।
क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पसले गुणस्तर अभिवृद्धिको यात्रालाई निरन्तर जारी राखेको छ र आगामी दिनमा थप प्रगति गर्ने अठोटका साथ अघि बढिरहेको बताउनु भयो ।
हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा BBS, B.Ed., BCA,BASW, र स्नातकोत्तर तहमा MA in Rural Development तथा MA in English कार्यक्रमहरू सञ्चालनमा छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.