काठमाडौं। नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिने भएका छन् ।
कांग्रेसको नेपाल प्रेस युनियन र नेकपा एमालेको प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट पत्रकार संगठनहरु समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चले अर्को प्यानल बनाएर निर्वाचनमा जाने भएको छ ।
पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्।
आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा ुजुगलु छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन्।
प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासीरजनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो।
सत्ता गठबन्धन निकट प्यानलबाट महासंघको अध्यक्षमा प्रेस चौतारीकि निर्मला शर्माले उम्मेदवारी दिनु भएको । चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दर्ता गराइएको छ । सो प्यानलबाट महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।
प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी परेको छ ।
प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरि जाने भएपछी ६ संगठनले संयुक्त साझा प्यानल तयार गरेको हो। महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्यसहित यो साझा प्यानल खडा भएको हो। (समाचार अद्यावधिक गरिएको छ)