Nepali News Portal

झोलुंगेपुल निर्माणका क्रममा पुरिएर ५ जनाको मृत्यु

रोल्पा । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिनु भएको छ ।

मुख्यमन्त्रीद्धारा दुःख व्यक्त
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार रोल्पा जिल्लामा भएको दुर्घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । रोल्पामा झोलुंगे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको उल्लेख गर्दै मृतक प्रति श्रद्धाजली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको हो ।
निर्माणको काममा व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम बढाउन मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षलाई निर्देशन दिनु भएको छ ।
रोल्पा सुनछहरी गाँउपालिका वडा नं.३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको लागी खाल्डो खनेर पर्खाल लगाउने काम चलिरहदा माथिबाट माटोको ढिस्को भत्किएर पुरिदा पाँच जनाको मृत्यु भएको थियो ।
घटनामा परेर सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ का दुजमन परियार, सोही ठाउँ निवासी बर्ष ३१ का ओम परियार, बर्ष ४० का सुबित्रा परियार, बर्ष २७ का आईती परियार, वडा नं. ३ बहिरी गाम बस्ने बर्ष ६६ को देबिराम परियारको मृत्यु भएको थियो । चार जनाको पहिलो चरणमा र एक जनाको दोस्रो चरणमा शव निकालिएको थियो ।
एल.बि.एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै थिए । जस मध्य दुई जनाले भागेर ज्यान बचाउन सफल भएका थिए । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.