बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका बारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनु पर्नेमा जोड दिइन ।
भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्रै सम्पूर्ण जातिको पहिचान र बिकास सम्भव रहेको बताउँदै उनले सम्पूर् मगरहरुलाई एकताको शुत्रमा बाधिन आग्र गरिन् । बुटवलको जितगढी किल्लामा २ दिनसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता बाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकदा प्रदर्शनी, साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम भएका थिए । महोत्सव अन्तरगत सम्पन्न मातृभाषा कविता बाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले प्रथम हुन सफल भएका छन् । उनलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी सिन्धुलीका भवानी आले द्वितीय भई नगद ७ हजार पुरस्कार राशी प्राप्त गरे भने रुकुमका गोपाल पुन तृतीय भई नगद ३ हजारसहित प्रमाणपत्रले सम्मानित भएका छन् । यसैगरी सान्त्वना हुने अविनास आले र रिम रानालाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो । यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ । उनलाई नगद २० हजार राशीसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मानित गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ । उनलाई नगद १० हजारसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मान गरिएको थियो ।