बुटवल । इनरह्विल क्लब अफ बुटवल जितगढिले लैङिक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथी क्लबका सस्थापक अध्यक्ष उमा अर्यालले हिंसा बढ्दै गइरहेको अवस्थामा महिलाहरुले घरभित्र सहेको हिंसा सहजै बाहिर ल्याउन नसक्ने हुँदा यस्ता कार्यक्रमहरु आधारभूत वर्गका नागरिकको बीचमा पुगेर जनचेतना अभिवृद्धि गर्नेगरि गरिनुपर्ने बताउनुभयो ।अब परिवर्तन को संघारमा हिंसा सहने महिलाहरु सहन छोडेर अब बाहिर निस्किनुपर्ने हिंसा पनि नगर्ने, हिंसा पनि नसहने समाज बनाउनका लागी आफैबाट शुरु गर्नुपर्ने बताउनुभयो ।सुचना शिक्षाको पहँचबाट टाढा रहेका ठाँउमा पनी जनचेतना अभिवृद्धिका कार्यक्रम लिएर पुग्न सक्नुपर्ने बताउनुभयो ।
क्लवका अध्यक्ष डिलकुमारा भट्टराई (यशोदाले ) हिंसा न्यूनीकरणका लागी समाज सुधार हुनुपर्ने त्यही सामाज सुधारका लागी यस्ता सचेतनामूलक कार्यक्रमहरु भैरहेको र हाम्रो क्लवले पनी सहकार्य गरेको बताउदै यस्ता सचेतनामूलक अरु कार्यक्रमहरु पनी गरिरहने बताउनुभयो ।
कार्यक्रममा अधिबक्ता हेमा न्यौपानेले लैङिग हिसाको कानुनी व्यवस्था ,हिंसाका प्रकृति बारेमा सहजीकरण गर्नुभएको कार्यक्रममा
महिला मानव अधिकार रक्षक संजाल का सदस्य सेहनाज इदु ,गिता शर्मा , दुर्गा आचार्य, कार्यक्रम सयोजक सुनिता चुँदाली लगायतले बोल्नुभएको थियो।कार्यक्रम को सचालन क्लब का सचीव रिता घिमिरेले गर्नुभएको थियो।कार्यक्रममा क्लबका सदस्य हरु लगायत दुई दर्जन बढी सहभागीहरु रहेका थिए ।कार्यक्रममा मैनबत्ती प्रज्वलन समेत गरिएको थियो ।