बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ ।
आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको हो । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले दिईएको छ । भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।
यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । साउन ९ गते सपथ ग्रहण गर्नुभएका मन्त्रीहरुको ९ दिन पछी जिम्मेवारी पाउनु भएको हो ।