बुटवल ।सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले मिना ढकालको नेतृत्वमा कार्य समिती चयन गरेको छ। जसको उपाध्यक्ष अस्मिना पाण्डे , महासचिवमा छाँया पन्त, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे चयन हुनुभएको छ ।
त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा सुमित्रा चापागाईं, शुशिला पोख्रेल, शारदा शाही, सृष्टि अधिकारी, एलिना आचार्य, प्रेरणा केसी, अनिता चौधरी, सुनिता चुदाली चयन भएको निर्वाचन समिति संयोजक अमृता अनमोलले बताउनु भयो। त्यस्तैगरी आमन्त्रित सदस्यमा कल्पना घिमिरे चयन हुनुभएको छ।
कार्यक्रममा सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख अर्यालले पत्रकार महिलाले हरेक क्षेत्रमा कलम चलाउनु पर्ने र प्रतिस्पर्धात्मक लेखन हुनुपर्ने बताउनु भयो ।
त्यस्तैगरी सञ्चारिका सम्मान – २०८१ बाट संस्थाका सल्लाहकार रेखा भुसाललाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार, संस्थाका सल्लाहकारहरु माया गौतम, दुर्गा पौडेल, रेखा भुसाल, अमृता अनमोल, अध्यक्ष निरा गौतम (निरु) उपाध्यक्ष मिना ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
You might also like