Nepali News Portal

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बिहीबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

महासंघका अनुसार तोलामा एकै दिन २३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको मूल्य १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.