Nepali News Portal

नुवाकोट क्षेत्रको जंगलमा सरसफाई

बुटवल । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत शान्तिचोकदेखि माथि रहेको नुवाकोट क्षेत्रको जंगलमा सरसफाई गरिएको छ ।
पर्यावरण समाजको आयोजनामा सञ्चालन सनिवार गरिएको वृहत् जंगल सरसफाइ अभियानबाट करिब ८० टन फोहर संकलन गरिएको बताइएको छ । बिश्व बाताबरण दिवसको अवसरमा गरिएको सरसफाई अभियानमा विभिन्न संघ संस्थाका १ हजार २ सयभन्दा बढी ब्यक्ति सहभागी थिए ।
सरसफाइमा स्थानीय टोल विकास संस्था, आमा समूह, बाल क्लब, युवा समूह, योगा तथा जुम्बा समूह, सामाजिक संघसंस्था, विद्यार्थी, शिक्षक, व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण सहभागिता रहेको थियो । बुटवलको शान्तिचोकदेखि माथिल्लो क्षेत्रमा करिब तीन किलोमिटर दूरीसम्म फैलिएको जंगल क्षेत्रबाट ठूलो परिमाणमा प्लास्टिक, चाउचाउका खोल, पानीका बोतल, मदिराका सिसा, कागज, फोहर संकलन गरिएको छ ।
पर्यावरण समाजका अध्यक्ष गंगा पोखरेलले सामाजिक सञ्जालमार्फत अभियानमा सहभागी हुन सार्वजनिक आह्वान गरेको बताउनु भयो ।
पाणिनी पार्कका अध्यक्ष ऋषि आजादले नुवाकोट क्षेत्र बुटवलको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको र यसको संरक्षणमा समुदायको भूमिका आवस्यक रहेको बताउनु भयो । नुवाकोट क्षेत्रबाट बुटवल उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय सम्भावना छ । तर फोहरको बढ्दो समस्या समाधान गर्न नसकिए त्यो सम्भावना संकटमा पर्न सक्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.