Nepali News Portal

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको प्रथम साधारणसभा

तुल बहादुर कवँर मगर
देउखुरी (दाङ) नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको प्रथम साधारणसभा बिहिबार राप्ती गाउँपालिका २ बराखुट्टीमा सम्पन्न भएको छ।
सभा संघका राप्ती गाउँपालिका अध्यक्ष लिलाधार दमाईको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख अथित्यतामा सम्पन्न भएको हो।
सो अवसरमा बोल्दै उपाध्यक्ष चौधरीले आफ्नो पेशा प्रति इमान्दार र दक्ष भए मात्र व्यावसायी बन्न सकिने बताइन
उनले भनिन –”अहिले हरेक काममा प्रतिस्पर्धा छ,त्यसैले व्यावसायीक बन्नको लागि आफ्नो पेशा प्रति इमान्दार र दक्षता चाहिन्छ।”
सभामा संघका कोषाध्यक्षा दिल बहादुर परियारले आर्थिक वर्ष २०७९/०८० को आयव्याय प्रस्तुत गरे । उनको अनुसार व्यावसाय दर्ता लगायत विभिन्न शिर्षकमा १ लाख २६ हजार ५ सय आम्दानी भएकोमा ९३ हजार ५ सय रुपैयाँ खर्च भई ३३ हजार रुपौंया संघको खातामा बचत रहेको छ।
सभामा संघका लुम्बिनी प्रदेश सदस्य उषा बुढा मगर ,दाङ जिल्ला सदस्य इमा गुरुङ्ग,लमही नगरपालिका अध्यक्ष जगत परियार,सल्लाहाकार खडग बहादुर परियार, ठगेन्द्र परियार लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
राप्ती गाउँपालिका भरिका सिलाई व्यावसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्क्रमको सञ्चालन संघका सचिब राम बहादुर नेपालीले गरेका थिए । हाल संघमा ११४ जना सिलाई व्यावसायीहरु आबद्व रहेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.