Nepali News Portal

राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनौ भन्ने कुरा गलत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनौ भन्ने कुरा गलत भएको बताएका छन । उनले प्रमुख प्रिितपक्षलाई राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका हुन ।

इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.