Nepali News Portal

प्रदर्शनको सय दिनमा ‘जारी‘

काठमाडौँ । फिल्म ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाएको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाएको हो ।

मंगलबार ९६औँ दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले अहिले पनि प्रत्येक दिन १ शो दिएको छ । साउन ६ गते फिल्मले प्रदर्शनको सय दिन मनाउनेछ । ठुला विदेशी र स्वदेशी फिल्मका बाबजुद ‘जारी’ले सय दिन मनाउन लाग्नु आफैँमा ठुलो उपलब्धि हो । फिल्मका वितरक मनोज राठीले फिल्मले उपत्यका बाहिरका हलमा ८०, ९० दिन बनाएको जानकारी दिए ।

विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औँ दिन मनायो । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ ।

फिल्मले घरेलु बजारमा साढे १४ करोड बढी कमाएको निर्माण युनिटले जनाएको छ । लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा फिल्म निर्माण भएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.