Nepali News Portal

पहिरोमा पुरिँदा ३ जनाको मृत्यु

बुटवल । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु भएको छ । हिलोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर, ७० वर्षीय मनखना पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारेको स्थानीय कमारा रोकाले जानकारी दिनु भयो।
‎प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएर  २ जना घाइते भएका छन् । स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि सुलिचौर पठाएको छ । स्थानीय १० जना सम्पर्क बिहिन भएको स्थानीयको भनाइ उद्घरित गर्दै प्रहरीले जनाएको छ ।
‎‎बुधबार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ११ वटा घर तथा गोठ पुरिएका छन् ।

यसै बीच रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यको अपिल गर्नु भएको छ । रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री  आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिदै स्थानीयलाई अपिल गर्नु भएको हो ।

यसै बीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उक्त प्राकृतिक बिपत्तिप्रती दु:ख व्यक्त गर्नु भएको छ ।  घटनामा ज्यान गुमाउनेहरुप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दै  घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।  उहाँले बेपत्ताहरुको खोजीकार्य गर्न र बिस्थापितहरुकि राहत तथा पुनर्स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.