Nepali News Portal

लुम्बिनी प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरियो

देउखुरी (दाङ) । नेपाली कम्युनिष्ट पार्टी र  एमाले बीच तीन बुदे सहमति पछी  लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ ।

 मुख्यमन्त्री चेतनारायण आचार्यलाई आज कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउनु भएको हो ।
खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले सामुहिक राजिनामा बुझाउनु भएको हो ।
‎नेकपा र एमालेबीच प्रदेश सरकारको भागबण्डामा लुम्बिनीको नेतृत्व एमालेलाई परेको छ । अहिले एमालेकै मुख्यमन्त्री चेतनारायण आचार्य हुनुहुन्छ । मुख्यमन्त्रीमा उहाँलाई नै निरन्तरता दिने वा अरुलाई बनाउने भन्ने विषयमा एमाले  टुंगो लगाएको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.