बुटवल । बुटवलका विभिन्न क्लबहरुको सहकार्यमा इनरह्विल क्लब अफ बुटवल जितगढीले बृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।
बुटवल मिलनचोक देखी फाइनान्स चोकसम्मको डिभाइडरमा बिभिन्न जातका फूलका बिरुवाहरु रोपिएको हो । बुटवल उपमहानगरपलिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता, उपप्रमुख सावित्रादेवी अर्यालको बिशिस्ट आतिथ्यता तथा क्लबका संस्थापक अध्यक्ष पूर्व अध्यक्ष तथा सदस्यहरुको सक्रिय सहभागितामा बृक्षारोपण कार्यक्रम भएको हो । वृक्षरोपण कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष गिता अर्याल पन्तले पुराना विरुवाको संरक्षण गर्दै नयाँ विरुवा लगाइएको जसले सडकको हरियाली तथा सौन्दर्य बढ्ने बताउनुभयो। क्लवको बार्षिक कार्ययोजना अन्तरगत वुक्षारोपण सम्पन्न भएको कार्यक्रम संयोजक सारदा भट्टराइले जानकारी दिनु भयो ।