Nepali News Portal

हटाईयो शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडी

काठमाडौँ ।  शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ ।
‎अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।
कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको यातायात व्यवस्था विभागका एक जना अधिकृतले बताए । सो अटो मोटिभ्सको ठेगाना धुम्बाराही काठमाडौँ उल्लेख छ ।
यसैगरी अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडि ०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी शङ्कास्पद तरिकाले पार्किङ गरेर छाडेको भेटिएको छ । सो गाडी धनीको पहिचान खुलेको छैन। उक्त घटनाको नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.