Nepali News Portal

स्कलर्स होममा अभिभावक र शिक्षकविच अन्तरकृया

बुटवल । बुटवल स्थित स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलमा विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन नियमित रुपमा अभिभावक र शिक्षकविच बैठक तथा अन्तरकृया गरिदै आएको छ ।

विद्यार्थीको समग्र शैक्षिक विकासलाई केन्द्रमा राखेर  स्कुलले विभिन्न तहका विद्यार्थीका अभिभावकहरूका लागि चरणबद्ध रूपमा प्यारेन्ट्स–टिचर्स मिटिङ (पिटिएम सम्पन्न भएको हो।

‎नर्सरीदेखि युकेजी सम्मका विद्यार्थीका अभिभावकका लागि १ दिन, कक्षा १ र २ का अभिभावकका लागि १ दिन, कक्षा ३ र ४ का अभिभावकका लागि १ दिन, कक्षा ५, ६ र ७ का अभिभावकका लागि १ दिन, कक्षा ८ र ९ का अभिभावकका लागि १ दिन र कक्षा १० का लागि विशेष रूपमा विद्यार्थी, अभिभावक र शिक्षकबीच त्रिपक्षीय  छलफल आयोजना गरिएको उक्त स्कुलले जनाएको छ ।
ती कार्यक्रमहरुमा ७ सय ५० भन्दा बढी अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। अभिभावकहरूले सम्बन्धित कक्षा शिक्षक तथा विषय शिक्षकसँग आफ्ना छोराछोरीको शैक्षिक प्रगति, सिकाइ उपलब्धि, व्यवहार, अनुशासन तथा भविष्यका लक्ष्यबारे व्यक्तिगत रूपमा विस्तृत छलफल गरिएको थियो ।
साथै, कार्यक्रममा निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखीकरण पनि सञ्चालन गरिएको थियो। यसमा विद्यार्थीको दैनिक सिकाइ, कक्षाकोठाको सहभागिता, गृहकार्य, परियोजना कार्य, व्यवहार तथा समग्र प्रगतिका आधारमा गरिने मूल्याङ्कन प्रक्रियाबारे अभिभावकहरूलाई जानकारी गराइएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनु भयो ।
‎ विद्यालय र अभिभावकबीच हुने नियमित भेटमिलन, अन्तर्क्रिया तथा निरन्तर समन्वयले विद्यार्थीहरूको सिकाइ, अनुशासन, व्यवहार र समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो। उहाँले शिक्षक र अभिभावकबीचको बलियो सहकार्यले प्रत्येक विद्यार्थीको प्रगतिको निरन्तर अनुगमन गर्न सहज हुने र यसले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
प्राचार्य बन्जाडेले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने बताउदै  सम्पूर्ण अभिभावक, शिक्षक तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो  । ” अभिभावक र विद्यालय परिवार बीचको सुदृढ सहकार्य नै विद्यार्थीको उज्ज्वल भविष्यको आधार हो। यस कार्यक्रमलाई हामी निरन्तरता दिने छौं ।” उहाँले भन्नुभयो ।
You might also like
Leave A Reply

Your email address will not be published.