Nepali News Portal

शृङ्गेश्वर धाम तिलोत्तमाको नवौं साधारणसभा

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना अनुसार तिलोत्तमामा स्थापना भएको श्री शृङ्गेश्वर धामको नवौं साधारणसभा सम्पन्न भएको छ ।
धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमम श्री १००८ स्वामी विवेकानन्दले मानव सेवा नै सबै भन्दा ठुलो धर्म भएको बताउनु भएको छ । शृङ्गेशवर धामले आफ्नो सेवा मार्फत मनुष्यको हितमा काम गरेको बताउनु हुँदै उहाँले कुनै पनि धर्मले मानिसलाई सत्मार्गमा हिडाउने भएकाले धर्मको सम्मान गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा धामका संरक्षक डा. नारायणप्रसाद पन्थले धामको बिकासको लागि सामाजिक अगुवाहरुको महत्त्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले मानव सेवामा समर्पित धामको बिकासको लागी सधै साथ र सहकार्यको लागि आफुहरु तत्पर रहेको बताउनु भयो ।
धामका उपाध्यक्ष नेत्रप्रसाद ज्ञवालीको स्वागत तथा सचिब गणेश कँडेलको संचालनमा भएको साधारणसभामा सल्लाहकार टीकाराम शर्मा धिमिरे, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, वडा सदस्य मित्रलाल न्यौपाने, दिवाकर ढकाल, कविता अर्याल, धर्मागत ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कुरा धामका व्यवस्थापक विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
निशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन, कार्यसमिति सदस्य तथा ज्येष्ठ नागरिक मिलन केन्द्र दैनिक कार्य संचालन संयोजक पार्वता बेल्बासेले बताउनु भयो। गुल्मेली सम्पर्क समाजका प्रथम उपाध्यक्ष हेम थापाले साधारणसभामा झण्डै ९८ प्रतिशत उपस्थितिले उत्साहित भएको बताउनु भयो ।
समाजका निवर्तमान सचिव तथा कार्य समिति सदस्य साहित्यकार पुरुषोत्तम पाण्डेले मानवता र धार्मिक आस्थाका सम्बन्धमा कविता प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले मातापिताको स्मृतिमा ५१हजार रकमको सहयोग गर्नु भएको थियो ।  कार्यक्रममा कृष्णप्रसाद पन्थले ५१५५१ सहित विशिष्ट आजीवन सदस्यता लिनुभएको थियो। त्यसै गरि अधिवक्ता खडानन्द भण्डारी १५ हजार ५ सय १५ सहित विशिष्ट आजीवन सदस्यता लिनु भयो।

You might also like
Leave A Reply

Your email address will not be published.