काठमाडौँ । ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आज (बिहीबार) देखि साे नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन् ।
साे नाका हुँदै चीनबाट सामान आयातका लागि कन्टेनर पठाउन थालिएको छ । बिहानैदेखि नेपालबाट खाली कन्टेनर चीनतर्फ पठाउन थालिएको भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार चीन तर्फबाट पनि कन्टेनर आउने सुरु भएको छ।
गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएपछि उक्त नाका ठप्प थियो । उक्त स्थानमा चीनले बेलिब्रिज जडान गरे पछी नाका संचालनमा आएको हो।