Nepali News Portal

संघीयता सफल बनाउन प्रदेशलाई सफल बनाउन जरुरी छ : सभामुख

संघीयता सफल बनाउन प्रदेशलाई सफल बनाउन जरुरी छ : सभामुख
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता सफल बनाउन सबैले जोड दिनु पर्ने बताउनु भएको छ । अहिले पनि केन्द्रीकृत सोचले काम गरेकाले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताउनु हुँदै संघीयता सफल बनाउन प्रदेशलाई सफल बनाउनु पर्ने बताउनु भयो ।
आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको पुर्ब संसद मञ्चसंग कानुन निर्माण तथा संसदीय कामकार्वाही सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संघीयतालाई कसरी सफल बनाउने भन्नेमा पुर्ब संसदले पनि चासो र सरोकार लिन आवश्यक रहेको बताउनु भयो ।
मञ्चका अध्यक्ष डा. कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता, उपाध्यक्ष रमा अर्यालको स्वागत ,महासचिब गिता थापाको संचालन सभामुख घर्ती मगरको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका मन्त्रीहरु, उप सभामुख मेनुका खाड केसी , प्रदेश सभा विषयगत समितीका सभापतिहरुको आतिथ्यता तथा प्रदेश सभाका सदस्यहरु प्रदेश सभाका पुर्ब सदस्यहरुको सहभागीता रहेको उक्त कार्यक्रममा पुर्ब कानुन सचिव राजेन्द्र थापाले प्रदेश कानुन निर्माणमा प्रदेश सभा सदस्यको भुमिका अभ्यास, अवसर, चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले कानुन निर्माणमा दलिय व्हिप लगाउदा कानुन कार्यान्वयनमा चुनौती थपिएको बताउनु भयो ।
त्यसै गरि अधिबक्ता महेन्द्र पाण्डेले संघीयता कार्यान्वयनम देखिएका चुनौतीहरु बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । संघीयता बारेमा ओठे प्रतिबद्धताले संघीयता पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ । संघीयता कार्यान्वयनमा कर्मचारी र दलका नेताले इमानदारता र रुचि नदिएको पाइएको उहाँले बताउनु भयो ।
टिप्पणीकर्ता प्रदेश सभाका पुर्ब सदस्य दामा शर्मा , पुर्ब स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य बिष्णु पन्थी , प्रदेश सभाका पुर्ब सदस्य आईपी खरेल, प्रदेश सभाका पुर्ब सदस्य शंकर गिरी लगायतले संघीयता कार्यान्वयनको लागि प्रदेशले बनाएको कानुनहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.