बुटवल। ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास कार्यक्रम सम्पन्न् भएको छ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको छ ।प्रचण्डले पार्कको सिलान्यास गर्दै स्थानीयस्तरमा पर्यटन प्रवर्धन र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुगोस् भनेर ऐतिहासिक र पौराणिक स्थलहरु धार्मिक स्थलहरुलाई प्रोत्साहन गर्ने ताल, तलैया र पार्कको विकासलाई महत्व दिइएको बताउनुभयो।
तत्कालिन अर्थमन्त्री बर्षमान पुनको कार्यकालमा १ करोड २७ लाख बजेट विनियोजन भएको पार्क निर्माण र सौन्दर्यकरणको लागि ८८ लाखको बोलपत्र आह्वान स्वीकृत भएकोओमसतिया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शिवकुमार धवलले बताउनुभयो। जुमहानी पोखरा ताल पार्क पाँच बिगाहा क्षेत्रफलमा फैलिएको छ ।पुष्पकमल दाहाल प्रचण्ड लाई उहाँको उमेर बराबरको ७१ किलोको मालासहित स्थानीयले स्वागत गरेका थिए।