Nepali News Portal

संकट टार्न संबेदनशिल अवस्थामा निर्वाचन हुँदैछ बिबेक पुर्याउनु होला : बराल

संकट टार्न संबेदनशिल अवस्थामा निर्वाचन हुँदैछ बिबेक पुर्याउनु होला : बराल
गुल्मी (सत्यवति) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा गुल्मी क्षेत्र न. १ का उम्मेदवार सुदर्शन बरालले फागुन २१ गतेको निर्वाचन राष्ट्रिय स्वाधिनसंग जोडिएको बताउनु भएको छ । निर्वाचन पछीको अवस्था के हुन्छ भन्ने निर्वाचनले निर्धारण गर्ने भएकाले राष्ट्रिय स्वाभिमानी उम्मेदवारले चुनाव जित्नु पर्ने उहाँको भनाई छ । “यो निर्वाचन सामान्य निर्वाचन होईन ।” उहाँले भन्नुभयो- ” मुलुक कस्को हातमा पुग्ने भन्ने कुरा निर्वाचनमा निर्भर छ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई जितायौ भने मुलुकलाई सहि दिशामा लैजान सकिन्छ ।”
नेपाली कम्युनिष्ट पार्टी सत्यवति गाउँ समितीले आज आयोजना गरेको उम्मेदवारसंग अन्तरकृया तथा विस्तारित बैठकलाई सम्बोधन गर्नु हुँदै उहाँले देश राष्ट्रिय संकटमा रहेको र संबेदनशिल अवस्थामा निर्वाचन गर्नु परेकाले कुनै लहड, बहकाउमा नलाग्न र विवेकका साथ मतदान गर्न मतदाताहरुलाई समेत आग्रह गर्नु भयो ।
उहाँले एमाले- कांग्रेसको बहुमतको सरकारले देशलाई खरानी बनाएको बताउदै ती दलप्रति जनताको बिश्वास नभएको बताउनु भयो । “नयाँ भनिएका दलको एजेन्डा क्लियर छैन , एमाले – कांग्रेसमा जनताको बिश्वास छैन। ” उहाँले भन्नु भयो – “नेपाली कम्युनिष्ट पार्टीमा जनताको बिश्वास बढेेको छ, प्रतिबद्ध भएर लागौं चुनाव जितिन्छ ।”
नेता बरालले आफूसंग प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको कोही राजनीतिबाट रिटायर भईसकेको र कोहीको स्थायित्व नभएको बताउनु भयो । कांग्रेस र एमालेको मत बिभाजित अवस्थामा रहेकोले उहाँहरु सम्भावना नरहेको आफू जनतासंग संगै निरन्तर रहेकोले सम्भावना उच्च रहेको बताउनु भयो । अध्यक्ष यम बहादुर तरामुको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य एवं पालिका समिती इन्चार्ज यम बहादुर नेपालीले उम्मेदवार सुदर्शन बराल चिरपरिचित राष्ट्रिय ब्यक्तित्व भएकोले उहाँलाई निर्वाचित गराउन सहज हुने बताउनु भयो । उम्मेदवार बराल निर्वाचन केन्द्रिय ब्याक्ती नभएकाले निर्धक्क भएर मतदान गर्न सकिने उहाँको भनाई छ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तेजेन्द्र सलामी मगर, प्रदेश सदस्य टाेपला थापा, प्रदेस सदस्य जित बहादुर तरामु लगायतले मन्तब्य व्यक्त गर्नु भयो । बैठकले टोपला थापा संयोजक र नारायण श्रेष्ठ सह संयोजक रहेको ५१ सदस्यीय चुनाव परिचालन समिती गठन गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.