Nepali News Portal

बिश्वदिपको चुनावी कमान्डर जिसि, चुनाव प्रचारमा होमियो नेकपा

बिश्वदिपको चुनावी कमान्डर जिसि, चुनाव प्रचारमा होमियो नेकपा
बुटवल । उम्मेदवारी दर्ता संगै नेपाली कम्युनिष्ट पार्टी चुनावी प्रचारमा होमिएको छ ।
केन्द्रिय सदस्य नारायण जिसि निर्मलको संयोजकत्वमा रुपन्देही क्षेत्र न -२ मा निर्वाचन परिचालन समिती गठन गरि पार्टी चुनावी प्रचारमा होमिएको हो । जसको सह -संयोजकमा कमल बस्याल रहनु भएको छ । यो क्षेत्रमा रुपन्देही सैनामैना निवासी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य युवा नेता सुभाष पाण्डे (बिश्वदिप) उम्मेदवार हुनुहुन्छ । उहाँलाई निर्वाचित गराउनु क्षेत्रीय चुनाव परिचालन समिति गठन गरिएको हो ।
पाण्डेले उम्मेदवारी दिए लगत्तै बसेको बैठकले जिसिको संयोजकत्वमा १००१ सय सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको हो । त्यसै गरि २५ सदस्यीय सचिवालय समिती गठन गरिएको छ । परिचालन समितीलाई सल्लाह र निर्देशन दिनको लागी राम परियार संयोजक र निमानन्द गैरे सह संयोजक रहेको १३ सदस्यीय निर्देशन तथा अनुगमन समिती र विभिन्न उप समितीहरु गठन गरिएको छ । परिचालन समितीमा वडा र टोलका अगुवाहरुलाई समेत समेटिएको छ । त्यसै गरि विभिन्न उप समितीहरु गठन गरिएको छ । आर्थिक उपसमिती संयोजक कमल भण्डारी रहनु भएको छ । त्यसै गरि यानेन्द्र जिसिको संयोजकत्वमा मिडिया तथा आईटि उप समिती , पशुपति भण्डारीको संयोजकत्वमा कानुनी तथा परामर्श उपसमिति, मनोज रानाको संयोजकत्वमा आदिवासी जनजाति, टीका वलीको संयोजकमा महिला परिचालन, खड्क कौशलको संयोजकत्वमा दलित परिचालन, कृष्ण थापाको संयोजकत्वमा युवा परिचालन, बुद्धिजिबि उपसमितीको संयोजकमा प्रेम बस्नेत, कर्मचारी संगठन परिचालन संयोजकमा मीन प्रसाद ज्ञवाली ,ट्रेड युनियन परिचालन संयोजकत्व चीन बहादुर गुरुङ, मुस्लिम समुदाय परिचालन संयोजक बफर अलि लगायतका उप समितीहरु गठन गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.