बुटवल। १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण,स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रेडियो मुक्ति बुटवलको आयोजना,कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह आयोजना र बुटवल उपमहानगरपालिका ,देवदह नगरपालिका ,बित्तिय तथा सामाजिक संघसंस्था तथा बिभिन्न क्लबहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल भएकी छन् । प्रथम घिमिरेले नगद १० हजार रुपैया ,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।त्यस्तै मानवज्ञान माबिकै कृति पराजुली २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय हुनुभयो । द्धितिय क्षेत्रीले ७ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।त्यस्तै ज्ञानोदय माबिकी इश्वरी बि। क। २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा पाँच किलोमिटर दुरी पार गर्दै तृतिय हुन सफल गर्नुभयो ।बुढाले नगद रु नगद ५ हजार ,प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयो ।त्यस्तै २ किलो मिटर महिला दौड प्रतियोगिता अन्र्तगत बुटवल ९ की कल्पना बस्नेत ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा २ किलोमिटर दुरी पार गरि प्रथम हुन सफल हुनुभयो । उहाँले नगद रु ५ हजार ५ सय रुपैया र प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । ज्ञानोदय माबिकी कल्पना पल्ली ९ मिनेट ५९सेकेण्ड ८४ प्रतिसेकेण्डमा दुरी पार गर्दैै द्धितिय हुन सफल हुनुभयो । उहाँले नगद रु ४ हजार ५ सय प्रमाणपत्र तथा मेडल प्राप्त गर्नुभयो । तिलोत्तमा ९ की रामकुमारी गाहा १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दुरी पार गर्दै तेस्रो हुन सफल हुनुभयो।
उहाँले नगद रु ३ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । ५ किलोमिटर दौड प्रतियोगितामा १४ बर्षदेखि २१ बर्ष सम्मका र २ किलोमिटर दौड प्रतियोगितामा २१ देखि माथि उमेर समुहका महिलाहरु सहभागि भएका थिए ।
विजयी प्रतियोगिलाई रेडियोका उपाध्यक्ष, महिला दौड कार्यक्रमका अध्यक्ष कबिता अर्याल ,बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवलका संचालक मोहन ठाकुर,उपहार सुज हाउसका संचालक उमा देवकोटा,उत्तम देबकोटा, इनरव्हील डिष्ट्रिक ३५० का चेयर मेन आशा श्रेष्ठ,सफ्टी हाईजिन प्रा। लिका बजार अधिकृत बिश्वास पोखरेल ,कृष्णमाया कार्की लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सफ्टी हाईजिन प्रा लि र उपहार सुज,समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवल ,पाथवे बुटवल अबोर्ड स्टडी प्रा लिले बिजेता ६ जना र सबैभन्दा कम र सबैभन्दा बढी उमेरका खेलमा सहभागी महिलाहरुका लागि बिशेष गिफ्ट ह्याम्पर प्रदान गर्नुभएको थियो । प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको ५ किलोमिटर दौड मिलनचोक हुदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो। भने २ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट शुरुभई ट्राफिक चोक पुगेर र पुनः प्रदेश प्रमुख कार्यालयमा आई समापन भएको थियो । कार्यक्रममा बुटवलका बिद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था र महिला गरी ४५० जना महिलाको सहभागिता रहेको थियो ।