बुटवल।रुपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्ञानगंगा पाठशाला शितलकुन्जको आयोजनामा सोमबार जिल्लास्तरीय ब्याडन्टिन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा न्यु होराइजन मावि ब्लु का आयुष क्षेष्ठ र सौभाग्य कंडेल प्रथम, न्यु होराइजन मावि कै रेड ग्रुपका विद्यार्थीद्धय विकाश खाड र साईमन राना द्धितिय, नमुना ई बो स्कुलका मन्दिप पुन र अल्बिन पुनले तृतीय स्थान हासिल गरेको जिल्लास्तरीय प्रतियोगितामा एभरेष्ट ई बो स्कुलका आर्यन सिग्देल र सुप्रिम भुषालले प्रोत्साहन स्थान हासिल गरेको ज्ञानगँगाका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई अतिरिक्त क्रियाकलाप मार्फत ब्यक्तित्व विकाश गराउने उद्धेश्य अनुरुप जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको प्राचार्य अधिकारीको भनाई छ ।
वहाँले विद्यार्थीहरुको भविष्यसँग जोडिएका थुप्रै योजना र कार्यक्रमहरु ज्ञानगँगासँग रहेको भन्दै नयाँ नौला र परिणामुखी कार्यमा विद्यालयले ध्यान दिइरहेको जानकारी पनि दिनुभयो । आइतबार विद्यालयस्तरीय बाल महोत्सवमा कक्षा पिजिदेखि २ सम्मका शतप्रतिशत विद्यार्थीहरुलाई सहभागी गराई कार्यक्रम गरेको ज्ञानगँगाले सोमबार जिल्लास्तरीय ब्याडन्टिन प्रतियोगिता आयोजना गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेले गुणस्तरीय शिक्षा सहित सुविधा सम्पन्न विद्यालयको रुपमा विकाश गर्दै लैजाने योजना अनुरुप ज्ञानगँगाका हरेक क्रियाकलाप अगाडी बडिरहेको जानकारी गराउनुभयो ।
तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको प्रमुख आतिथ्य रहेको जिल्लास्तरीय ब्याडन्टिन प्रतियोगिताको उद्धघाटन सत्रमा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, ज्ञानप्रसाद ज्ञवाली लगायतले विद्यालयको भावी योजनाका बारेमा मन्तब्य दिनुभएको थियो । उद्धघाटन सत्रमा प्राचार्य चन्द्र अधिकारीले स्वागत तथा शिक्षक कुलचन्द्र पुरीले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । प्रतियोगितामा रुपन्देही जिल्लाभरिका उत्कृष्ट २० वटा टोलीको सहभागिता रहेको थियो । ज्ञानगँगाले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन १३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको समेत आयोजना गरेको छ ।