काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि मतदान सकिएको र ६२ प्रतिशत मत खसेको जनाएको छ । बिहान ७ बजेदेखि शुरू भएको निर्वाचन अपरान्ह ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।
आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । ‘मतदान सकियो सबै मतदान केन्द्रबाट आएको जानकारी अनिसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ’ चालिसेले भन्नू भयो ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो ।
यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ ।