Nepali News Portal

लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव कुँवरद्वारा जिम्मेवारी बहन

बुटवल । लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हाल्नु भएको छ ।

‎नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयानुसार सचिव पदमा बढुवा भई लुम्बिनी पदस्थापना गरिएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नु भएको हो ।

‎जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरिएको थियो ।
‎‎परिचयात्मक कार्यक्रमपश्चात् मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसँग प्रमुख सचिव कुँवरले भेट गर्नु भयो ।
‎‎कार्यक्रममा प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत् परिणाम दिन सकिने बताउनु भयो ।
‎‘‘प्रदेशले संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ ।’ शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ’, उहाँको भनाई थियो -, ‘प्रदेशले संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ ।’

त्यसअघि उहाँ राष्ट्रिय समावेशी आयोगका सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो।

You might also like
Leave A Reply

Your email address will not be published.