Nepali News Portal

बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

बुटवल। 

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बिमकको प्रदेश प्रमुखहरु संग बीमा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जीवन तथा निर्जिवन बीमा कम्पनिका प्रदेश प्रमुख संगको अन्तर्कृयामा जीवन तथा निर्जिवन बीमामा देखियका समस्या र नेपाल बीमा प्रधिकरणले खेल्नुपर्ने भुमिकाको बिषयमा आधारित रहेर छलफल तथा अन्तरक्रिया भएको हो ।

सम्पुर्ण जीवन कम्पनिको प्रतिनिधित्व गर्दै आईएमई लाईफ इन्स्योरेन्स क.लि. बाट राजेन्द्र पन्थी  सम्पुर्ण निर्जीवन कम्पनिको प्रतिनिधित्व गर्दै शिखर इन्स्योरेन्सबाट किरण काफ्लेले समग्र बीमा जगतमा देखियका समस्या र नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिकाको बारेमा प्रस्तुतीकरण  गर्नुभएको थियो ।

 

नेपालमा बीमाको इतिहास , नियम कानुन तथा कसुर सजायको बारेमा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उठेका विषयबस्तु माथी सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले कार्यक्रमको औचित्य महत्व र बीमाको दायारा बढाउनुपर्नेमा जोड दिनु भयो ।

नेपाल बीमा प्राधिकरणमा सुरेन्द्र चौलागाईंको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.