Nepali News Portal

प्रदेशलाई स्थापित गर्न प्रदेश सभाका माननीय सदस्य र मिडियाको महत्त्वपूर्ण भुमिका हुन्छ: सभामुख

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयतालाई सफल बनाउन प्रदेश सभा र सरकारले गरेका कार्यलाई ब्यवस्थित रुपमा जनतासम्म पुर्याउन जरुरी रहेको बताउनु भएको छ ।
संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताउनुहुँदै उहाँले प्रदेशलाई स्थापित गर्न प्रदेश सभाका माननीय सदस्य र मिडियाको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
पाल्पा बिकास केन्द्रले दाङको देउखुरीमा आज बिहिवार आयोजना गरेको प्रदेश सभा मिडिया र संघीयताको अभ्यास संवाद कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले भन्नू भयो- “माननीय ज्युहरुले प्रदेश सभा र सरकारले गरेको कार्य जनतामा लैजानु पर्‍यो यसको औचित्यको बारेमा बोल्नु पर्यो , पत्रकार लेखिदिनु पर्‍यो ।”
उहाँले प्रदेश सभाका गतिविधिमा मिडियाले दिएको चासोले थप जवाफदेही बनाउन सहयोग पुर्याएको बताउनु भयो । मिडिया पनि जिम्मेवारीपुर्बक प्रस्तुत हुन जरुरी रहेको बताउनुहुदै प्रदेश सभालाई सफल बनाउदा संघीयता सफल हुन्छ भन्नेमा बिश्वस्त रहनु पर्नेमा जोड दिनु भयो ।
केन्द्रका अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षता सचिब किरण कौसलको संचालन तथा बरिस्ठ पत्रकार तिलक पाठकको सहजीकरणमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री खेम बहादुर सारुले केन्द्रले जिम्मेवार निकायलाई जवाफदेही बनाउन पैरवी गरेको बताउनु भयो । मिडियालाई अझ शसक्त बनाउन जरुरी रहेको बताउदै प्रदेश सरकार त्यसको लागी सहकार्य गर्न तयार रहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु तुल्सी प्रसाद चौधरी, जन्मजय तिमिल्सिना, इन्द्र कुमारी गहतराज , भगवती गौतम , मिना कुमारी श्रेष्ठ , खड्क बस्नेत , यमुना रोका तामाङ , राजु प्रसाद श्रेष्ठ , दुर्गा प्रसाद चौधरी , बिष्णु प्रसाद पन्थी , प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदी लगायतले आ -आफ्नो जिम्मेवारीमा सबै जवाफदेही भएमा पारदर्शीता र सुशासन कायम गर्न सहिने र संघीयता सबलीकरण हुने बताउनु भयो । त्यसको लागी मिडिया र पत्रकार पनि जवाफदेही हुनुपर्नेमा उहाँहरुको जोड थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.