प्रदेशको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन सिलान्यास, बिकासमा सरकार र प्रतिपक्ष संगसंगै : पौडेल
बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिकास निर्माणमा निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिंड्नन आवश्यक रहेको बताउनु भएको छ ।
स साना कुरामा अल्झिदा प्राप्त उपलब्धी नै खतरा पर्ने देखिएकाले राजनीतिक दलको समीकरण फेरिएको दाबी गर्नु हुँदै उहाँ दुई ठुलो दलले संविधानको रक्षा र मुलुकलाई सम्मृद्वि तर्फ लैजाने बताउनु भयो । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्नुहुदै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभयो । उहाँले भन्नू भयो – निवर्तमान मुख्यमन्त्रीज्युले जो भन्नू भयो । बिकास निर्माणमा सरकार र प्रतिपक्ष हुँदैन । बिकास निर्माणमा मिलेर काम गर्ने भन्नू भएको छ यो श्रहानीय कुरा हो । ”
बजेटको कुनै अभाव नहुने र आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिंदै उहाँले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उहाँलेभन्नु भयो। तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गर्नुभयो ।
अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुवर्ने बताउनु भयो । “संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।” उहाँको भनाइ थियो ।
१२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्री पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमूना बनाउन चाहेको बताउनुभयो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनु भयो । आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाउनु भयो ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनु भयो । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्नुपर्ने सभामुख घर्तीको भनाई छ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोख बहादुर महराले बिकास निर्माणमा सरकारपक्ष र प्रतिपक्षी भन्न थालियो भने अगाडी बढन नसकिने बताउनु हुँदै मिलेर काम गर्ने बाताबरण मिलाउन जरुरी रहेको बताउनु भयो ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशको आम्दानीको श्रोत बढाउन जरुरी रहेको र संघ सरकारपनि प्रदेश सरकारको समस्या बुझ्नु पर्ने बताउनु भयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताउनु भयो । प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले बुटवललाई आर्थिक हबको बिकास गर्न आधुनिक अस्पतालले टेवा पुर्याउने बिश्वास व्यक्त गर्नु भयो ।
लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।प्रदेश पुर्बाधार बिकास प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत छवि राज पोख्रेलले एक हजार दुई सय शय्या रहने अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार भएको बताउनु भयो ।अस्पतालको आम्दानीको श्रोतको लागी अस्पतालको उत्तरपट्टिको खाली स्थानमा ब्यवसायिक भवन बन्ने छ । अस्पताल सम्पन्न गर्ने म्याद ५ बर्ष भए पनि ३ बर्षमा भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको उहाँले बताउनु भयो ।
प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ । पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ ।