Nepali News Portal

‘जंगलमा फलफुल’ अभियानमा साथ दिदै सभामुख

देउखुरी (दाङ) । बिहान ७ नबज्दै मानिसको एक हुल पिपरी उत्तर तर्फको झोलुङ्गे पुल हुँदै शंकर सामुदायिक वन तर्फ लम्किदै छ । त्यो हुल जती अगाडी बढ्छ त्यति हुलका पछाडि मानिसहरुको संख्या फरुवा बोकेर अगाडी बढ्छ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वनमा पुग्दा २० जना थपिनु भयो । उक्त समुहले झार हटाउदै खाल्टाे खन्न सुरु गर्‍यो । त्यही समुहमा हुनुहुन्छ लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर । साथमा पुर्बमन्त्री एवं लुम्बिनी प्रदेश सभाका सदस्य ईन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख अमरबहादुर माझी, सिसहनियाँका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक मनोहर राम चाैधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी लगायत अन्य जनप्रतिनिधि,वन उपभोक्ता समितिका पदाधिकारी लगायत । उहाँहरु पनि झार पन्छाउन र खाल्टाे बनाउन लाग्नु भयो । अनि सुरु भयो आपका बिरुवा रोप्ने कार्य । सभामुख घर्ती मगरले फरुवाले झार पन्छाउदै खाल्टाे बनाउदै गर्दा सहभागीहरु आश्चर्यमा पर्नु भयो । ” काम गरेकै सभामुख हुनुहुदो रहेछ । ” भन्दै स्थानीय सहभागीले सभामुखलाई झन हौसाउनु भयो ।
राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार उक्त सामुदायिक वनकाे खाली क्षेत्रमा २ सय आपका बिरुवा राेपिएकाे हाे।
खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै राेजगारीकाे सिर्जना गर्ने उदेश्यले साे क्षेत्रमा फलफूलको बिरुवा राेपिएकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । आँप र अम्बाले २ बर्ष मै फसल दिने भएकाले स्थानीयले छिटो लाभान्वित हुने उहाँले बताउनु भयो । सभामुख घर्ती मगरले बन क्षेत्रमा फलफूल खेती गर्दा स्थानीयलाई दोहोरो फाइदा पुग्ने बताउनु भयो । “बन जंगलको संरक्षण पनि हुने फलफूल खेती बाट समुहलाई पनि आम्दानी हुने ।” उहाँले भन्नुभयो -” यो राम्रो अभियान हो ।”
साे क्षेत्रमा गत वर्ष पनि करिब १२ बढी आँप र अम्बा जातका फलफूलका बिरुवा राेपिएकाे थियो।
उक्त बिरुवाहरु अहिले हुर्कने अवस्थामा रहेको र तिनीहरूको समयसमयमा उपभोक्तहरु द्वारा संरक्षण समेत गरिदै आइएकाे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलाध्वज मल्लले जानकारी दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.