बुटवल। सचारकर्मी महिलाहरुको लागि २ दिने क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा शुरु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनमा सञ्चारकर्मी महिलाहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम शुरु भएको हो।
कार्यक्रममा उद्घाटन गदै महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले समाज परिवर्तनमा पत्रकारको मुख्य भुमिका रहेको बताउदै सन्चार क्षेत्रमा भएका विविध समस्या समाधानका लागी मन्त्रालयले पहल साथै सहकार्य गर्ने पत्रकारितालाइ सकारात्मकताका साच समान रुपले अगाडि बढाउन आग्रह गर्नुभएको छ।
कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको निमित सचिव सारदा बस्यालले पत्रकारले निष्पक्ष यथार्थ समाचार सप्रेषण गर्नुपर्ने , कलम तिखार्दै जानुपर्ने बताउनुभयो।
तालिमको मन्त्रालयका सचिव बश्याल र सञ्चारिका समूह लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलले सहजिकरण गर्नुभएको उद्धाटन सत्रको कार्यक्रम संचालन मन्त्रालयका अधिकृत प्रदिप खनालले गरेका थिए । तालिम बिहीबार सम्म सञ्चालन हुनेछ ।