Nepali News Portal

तराईमा छठ पर्वको रौनक, सभामुखद्वारा शुभकामना व्यक्त

बुटवल । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।  छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।                                                                  लुम्बिनी प्रदेशका सभामुखद्धारा छठ पर्वका अवसरमा शुभकामना व्यक्त

 बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले छठ पर्व –२०८० को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण लुम्बिनी प्रदेशवासी नेपाली आमा–वुवा, दाजु–भाई, दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

आईतवार विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले छठ पर्वले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न तथा राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्नु भएको हो ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । जुन नेपालीहरुको धार्मिक सहिष्णुता, जातीय सद्भाव र एकता महत्वपूर्ण विशेषता हो । यसले सामाजिक सद्भावको आधार खडा गर्दछ । हाम्रा हरेक चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान सहित अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।” उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ –“ विभिन्न जात–जाति, समुदाय, क्षेत्र र धर्माबलम्वीका विशिष्ट संस्कार र परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक धरोहर र सहिष्णुताका रुपमा रहेका छन् । नेपालको संघीय शासन प्रणालीको महत्वपूर्ण विशेषताको रुपमा रहेको धर्म निरपेक्षताले आस्थाको रुपमा रहेको विभिन्न समुदायका चाडपर्व धार्मिक तथा सांस्कृतिक धरोहरको परिचय दिन्छ ।”

संघीय संविधानको रक्षा गर्दै विभिन्न जाति, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि लुम्बिनी प्रदेश सभाले सामाजिक न्यायलाई स्थापित गर्न जातीय भाषिक धार्मिक र सांस्कृतिक रुपमा सबैको हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

सवै समुदायको सहभागिताबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल र सुदृढ बनाउन सकिने उहांले जनाउनु भएको  ।  सामान्यतः सबै नेपालीहरुको विशेषतः मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाईन्छ । यो पर्वमा साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.