भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष पुस्प कमल दाहालले सत्ता गठबन्धन दल कै कारण बर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री प्रचण्डले सरकारप्रति जनता पनि असन्तुष्ट र सत्तारुढ दल बीच नै असन्तुष्टि बढेको बताउनु भयो ।
कांग्रेस भित्र असन्तुष्टि बिरोध आक्रोश देखिएको बताउंदै प्रचण्डले एमाले भित्र आक्रोश भएको बताउंदै यो सरकार जति टिक्छ त्यति जनताबाट आलोचित बन्दै जाने बताउनु भयो । ” शिक्षकको आन्दोलन , सबै आन्दोलनमा पार्टीपनि कुनै न कुनै सडकमा छन् । त्यसैले मैले राजनीतिक विशेषणका आधारमा भनेको हो ।” अध्यक्ष प्रचण्डले भन्नुभयो -“मलाई सरकारमा नभएर कुन्ठा भनिन्छ त्यस्तो होइन , सरकार धेरै टिक्दैन ।”
उहाँले राजनीतिक स्थिरताका निम्ति र जनताको अधिकार थप्न संविधान संशोधन आवश्यक रहेको बताउनु भयो । अब १० बर्षको समीक्षा आबश्यक रहेको बताउदै कहाँ कहाँ त्रुटि भएको छ संसोधनको आबश्यक रहेको बताए ।
“संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्यो । ” पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । माओवादीको तराई राजमार्गमा झापा देखिको अभियानमा आउंदा राजमार्ग वरिपरि जनतामा नयाँ आसा जन्माएको बताउनुभयो । झापाबाट सुरुवात भएको अभियानमा हजारौं लाखौं जोडिएको बताउंदै शिक्षा, स्वास्थ्य, पर्यटन बिकासका समस्या नजिक बाट बुझ्ने अबसर प्राप्त गरेको बताउनु भयो । यो सरकारलाइ दबाब दिने उद्देश्यले अभियानमै रहेको प्रचण्डको भनाइ थियो ।
“यो सरकार असम्बैधानिक छ। यो सरकार अपारदर्शी छ । ” अध्यक्ष प्रचण्डले भन्नु भयो-, यो षड्यन्त्र पूर्ण बनेको सरकार हो । रातको अंध्यारोमा बन्यो । यसको जन्म नै अप्राकृतिक छ। भ्रष्टाचार दलाल र बिचौलियाको पहलमा बनेको सरकार हो ।”
सरकार ढाल्न कुनै हतार नभएको उहाँको दाबी थियो । ” हामी जनताको बिचमा छौं । यो हामीलाई ठुलो अबसर र चुनौती हो ।जनताका पीडा जनताकै बिचमै सुनेका छौं । जनताका बिचमा सदैब माओवादी रहेकाले यो सरकार ढाल्न हतार छैन ।” प्रचण्डले भन्नुभयो , “यो सरकार देशका लागि दुर्भाग्य हो । हामी सरकारलाई खबरदारी गरेका छौं । आफ्नै बोझ सरकारले धान्न सक्दैन । नेपालीका लागि बोझ भएको छ ।”
कार्यक्रममा पूर्ब उप रास्ट्रपति नन्द बहादुर पुन पासाङ, पूर्व सभामुख कृष्ण बहादुर महरा, पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोख बहादुर महरा, नेकपा माओवादीका महासचिव देब गुरुङ, सचिब बलदेव खनाल लगायतको उपस्थिति रहेको थियो ।
You might also like