बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीलाई उत्पादनसंग जोडेर गरिबी निबारणमा टेवा पुराउनु पर्नेमा जोड दिएका छ्न । सहकारीको उदेश्य बचत र ऋणको कारोबार मात्रै नभइ सामुहिकताको बिकास पनि भएकाले त्यसलाई सामुहिक प्रणालीमा जीवनस्तर उकास्नेमा लाग्नु पर्ने बताए । आज बिहीवार बुटवल – ११ दुर्गानगरमा रहेको मितेरी बहुउद्देश्यीय सहकारी संघको ११ औं साधारणसभालाई सम्बोधन गर्दै सभामुख घर्ती मगरले निजि स्वार्थलाई त्याग्न र सामुहितकताको बिकास गर्न सहकारीले भुमिका खेल्नु पर्ने बताए । संस्थाका अध्यक्ष महेन्द्र अर्यालको अध्यक्षता उपाध्यक्ष सुहा बहादुर नेपालीको स्वागत तथा सचीव शत्रुधन शाहको संचालनमा भएको कार्यक्रममा रास्ट्रिय सहकारी बिकास बोर्डका सदस्य सन्जीब सापकोटाले सहकारीले सामन्ती प्रर्था र मिटर ब्याजीको अन्तय गरेको बताए। उनले अबैध सम्पत्तिलाई बैधानिक बनाउन सहकारीमा आएकाहरुले केही सहकारी डुबाउदा समस्या देखिएको र त्यो २ सय भन्दा कम सहकारीमा रहेकाले अरु आतिन्नु नपर्ने बताए । उनले सहकारीको एन र नियामवलीले गरिबी निबारण र सामाजिक रुपान्तरणको लक्ष्य बोकेको बताउदै सोही अनुसार लाग्न सहकारी अभियान्तालाई आग्रह गरे । बहुउद्देश्यीय सहकारी संघ लि रुपन्देहीका अध्यक्ष रमणि डुम्रेले सहकारी सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप संचालन हुनु पर्नेमा जोड दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा १७का अध्यक्ष ज्ञान बहादुर रेश्मी, तिनाउ साना किसान सहकारी संस्थाका अध्यक्ष दिल कुमारी रोका, हिमाली कृषि सहकारीका अध्यक्ष एव सस्थाका सल्लाहकार महेन्द्र भुसाल समाजसेबि मधुकला कुवर सल्लाहकार मीन बहादुर बिक लगायतले मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष अर्यालले प्रस्तुत गरेको प्रतिबेदन सहित लुम्बिनी प्रदेशका जिल्ला भर कार्यक्षेत्र बनाउने प्रस्ताव पारित गरेको छ । अध्यक्ष अर्यालले २०६९ पुस २२ गते स्थापना भएको उक्त सहकारी कृषि, शिक्षामा लगानी गरेको जानकारी दिए।