Nepali News Portal

सहकारीले सामन्तबादी प्रबृत्तिको अन्त्य गर्‍यो : उपमेयर

बुटवल ।  आवाज बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं  साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका -६ मा कार्यालय रहेको उक्त सहकारी प्रदेश स्तरको सहकारी हो । सहकारीको उद्घाटन गर्दै  बुटवल उपमहानगरपालिका उप प्रमुख साबित्रा देबि अर्यालले  सहकारीको प्रबर्द्धनमा उपमहानगरपालिकाले संरक्षकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन ।  उनले सहकारी मार्फत महिला उद्धमशिलताको बिकास गर्न  आवश्यक रहेको बताउदै सहकारीले सामन्तबादी प्रबृत्तिको अन्त्य  गरेको बताइन् ।  कार्यक्रममा रास्ट्रिय सहकारी बैंकका संचालक  भिम तुलाचनले सहकारीको भश्य पनि परिवर्तन भएको बताए । सहकारीको प्रावधान मुल्य मान्यतालाई  आत्मसाथ गरेमा  सहकारी सफल हुने बताए । उनले  सहकारीमा  स्वनियमन  आवश्यक रहेको बताए ।  नेप्सुनका  प्रकाश अधिकारीले बित्तीय सुचक राम्रो रहेको आफुले पाएकोले आवाज सुरक्षित रहेको बताए । निवर्तमान अध्यक्ष  बाबुराम बन्जाडे,   रास्ट्रिय सहकारी बैंकका बुटवल  प्रमुख  नारायण बेल्बासे, बसन्त ढकाल पत्रकार यानेन्द्र जिसि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  । सहकारीका अध्यक्ष जीवन प्रसाद अधिकारीले सहकारी सेवा प्रबिधिमैत्री बनाएको र सबै सुचक राम्रो रहेको जानकारी गराए । अध्यक्ष अधिकारीले शेयर पुगि १० प्रतिशत वृद्धि गर्ने, सदस्य बिस्तार २५ प्रतिसत  वृद्धि गर्ने, कुल सम्पत्तिमा २० प्रतिशत  वृद्धि गर्ने  लगायतका भाबी योजना प्रस्तुत गरेका थिए ।  साधारणसभामा पत्रकारिता पुरस्कारबाट नेपाल  पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार यानेन्द्र जिसि,उत्कृष्ट बचतकर्ता  शशी शेर्पा उत्कृष्ट ऋणि चन्दा खातुन,  उत्कृष्ट  शेयर केशब तिवारी , उत्कृष्ट कर्मचारी प्रतिमा न्युपने कर्मचारी  दशक पदकबाट  ब्यवस्थापक मनोज खडका र  रिना आले सम्मानित भएका छ्न । सहकारीका अध्यक्ष जीवन प्रसाद अधिकारीको अध्यक्षता सचिब बालकृष्ण पान्डेको संचालनमा भएको साधारणसभाले लेखा समिति संयोगक राजिव गौतमले पेश गरेको प्रतिबेदन पारित गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.