Nepali News Portal

संविधानमाथी प्रश्न चिन्ह उठाउनु अस्वभाविक : प्रदेश प्रमुख शेरचन

बुटवल  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानमाथी यति छिटो प्रश्न चिन्ह उठाउनु अस्वभाविक भएको बताएका छ्न । उनले  संविधान कार्यान्वयनको बल्ल ८ बर्ष पूरा भएको   बताउदै नेताहरुको कारण प्रश्न उठेको इन्कित गरे ।    संबिधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा प्रदेश प्रमुखले भने – जहाज नयाँ हो । प्राबिधिक  समस्या नभै दुर्घटना भयो ।कस्लाइ दोष दिने ?  दोष त पाइलटलाई आउछ ।”   उनले जहाज चलाउने पाइलटलाई जस्तै दोष देश चलाउने नेतालाई  आउने भएकाले  होशियारपूर्वक देश हाक्न नेताहरुलाइ सुझाव दिए । उनले भने – मुखमन्त्री जि  प्रदेशमा देखिने काम गर्नु पर्‍यो ।”       देखिने गरी काम गर्न नसक्दा प्रश्न उठेको बताउदै  प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारलाई  जनचाहाना अनुसारको काम गर्न सुझाव दिएका हुन।

उनले  लुम्बिनी प्रदेशले अन्य प्रदेशले भन्दा राम्रो काम गरेर अन्य प्रदेशले अनुसरण गर्ने गरी काम गर्नु पर्ने बताए । निकै ठुलो बलिदान र संघर्षबाट  मुलुकले नयाँ संविधान पाएको बताउदै उनले  संविधान अनुसार काम गरे देशको विकास छिट्टै हुने बताए ।

प्रदेश प्रमुखले आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा मुख्यमन्त्री डिल्लीप्रसाद चौधरी, सभामुख तुलाराम घर्ती मगर, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, मुख्य न्यायधिबक्ता , प्रमुख सचीव , स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कर्मचारी , सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.