Nepali News Portal

एमाले अधिबेशन : दुई प्यानल  चुनावी मैदानमा ,मतदान मंगलबार बिहान हुने

बुटवल ।  नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशनमा नेतृत्व चयनको लागि भोलि बिहान  ७ बजेदेखि मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि एमाले  दुई समुहमा विभाजित भइ प्यानसहित निर्वाचनमा होमिएको हो। सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन समितिले राति ८ बजेबाट सुरु गर्ने भनेको मतदान स्थगित गरेको छ ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार मतपत्र छपाईमा ढिलाई भएकाले सोमबार तोकिएको समयमा निर्वाचन हुन नसक्ने भएपछि सोमबार विहान गर्ने गरी सारिएको हो । तर, स्थानीय प्रशासनले रातिमा निर्वाचन नगर्न दबाब दिएपछि अन्तिम समयमा आएर मतदान रोकिएको हो ।

एमाले लुम्बिनीको अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजालले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् । सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) छन् । त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र सहसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुषतर्फ रोल्पाका पूर्ण बूढामगर र महिलातर्फ बाँकेकी वसन्ती अधिकारी छन् । सचिव दुवै प्यानलको समर्थनमा निर्विरोध भएका हुन् । पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्यानल बाहिरबाट बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेवारी दिएका छन् । त्यस्तै उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बाँकेकी आरती पौडेलले प्यानल बाहिरबाट उम्मेवारी दिएका छन् । २ सय जना सदस्यका लागि ३ सय ५ जनाले उम्मेवारी दिएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.