बुटवल । पाल्पा जिल्लाको रिब्दीकोट गाउंपालिका–२ जोर्तेमा आज विहान आएको ढुङगा सहितको पहिरोले गुल्मी तम्घासबाट वुटवल तर्फ आउदै गरेको लु १ ज ४६०० नम्वरको स्कारपियो जीप पुरिदा ३ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पाल्पा तानसेन न.पा.–११ कुरुङखोला घर भई जिप्रका गुल्मीमा कार्यरत स.ह.यमबहादुर बोहरा, गुल्मी रेसुङ्गा न.पा–७ भूजेलखर्क वस्ने मनकला चुदारा र जिल्ला कास्की पोखरा उ.म.न.पा २४ हेम्जा निवासी विनोद तिमिल्सिनाको मृत्यु भएको छ ।
दुर्घटनामा रेसुङा न.पा ८ खानीगाउं बस्ने शोभा घर्ती मगर र सोही ठाउं निवासी सुुस्मा राना, सुस्मा रानाको वर्ष ६की छोरी सुरबी राना, सुस्मा रानाकै ५ महिनाको छोरी सुबिया राना, खानीगांउ वस्ने टेक बहादुर जि.एम., स्वीकृती थापा, स्वीकृती थापाको ५ वर्षको छोरा सुरेन थापा घाइते भएका छन । उनिहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बिहान ८:३० बजे तिर भएको उक्त दुर्घटनामा स्थानीयवासी, प्रहरी टोलीले उद्वार गरेका थिए ।
सभामुख घर्ती मगरद्धारा दुःख व्यक्त
बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पा जिल्लाको रिब्दीकोट गाउंपालिका–२ जोर्तेमा आज विहान आएको ढुङगा सहितको पहिरोले गुल्मी तम्घासबाट वुटवल तर्फ आउदै गरेको लु १ ज ४६०० नम्वरको स्कारपियो जीप पुरिदा मानवीय क्षति भएको दुर्घटनाको खवरले अत्यन्तै मर्माहत तुल्याएको भन्दै दु:ख व्यक्त गरेका छ्न ।
सभामुख घर्ती गरले आज शोक विज्ञप्ति जारी गर्दे मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । साथै सभामुख घर्ती मगरले दुर्घटनामा घाईते भई लुम्विनी मेडिकल कलेज प्रभासमा उपचाररत रहनु भएका रेसुङा न.पा ८ खानीगाउं बस्ने शोभा घर्ती मगर र सोही ठाउं निवासी सुुस्मा राना, सुस्मा रानाको वर्ष ६की छोरी सुरबी राना, सुस्मा रानाकै ५ महिनाको छोरी सुबिया राना, खानीगांउ वस्ने टेक बहादुर जि.एम., स्वीकृती थापा, स्वीकृती थापाको ५ वर्षको छोरा सुरेन थापाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छ्न । साथै उनले उद्धार कार्यमा खट्नु हुने स्थानीयवासी, प्रहरी टोलीलाई धन्यवाद ज्ञापन गरे।
सभामुख घर्ती मगरले वर्षाको समय पहाडी क्षेत्रको सडकमा दुर्घटनाको उच्च सम्भावना रहने भएकाले यात्रा गर्दा यात्रु तथा चालकहरुबाट उच्च सतर्कता अपनाउन, सडकको नियमित मर्मत गर्न, जोखिम क्षेत्रमा सांकेतिक विवरण राख्न सम्वन्धीत निकायको समेत ध्यानाकर्षण समेत गराएका छ्न ।
You might also like