Nepali News Portal

नेपालको राष्ट्रियता र स्वाधिनताको सवालमा अनुचित सम्झौता हुँदैन : प्रचण्ड

बुटवल ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको सवालमा कुनै सम्झौता नगर्ने बताएका छ्न । आफू राष्ट्रियता र स्वाधिनताको लागि सधै जनयुद्धमा जस्तै लडाइँ जारी राखेको बताउदै उनले सत्ताको लागि कुनै सम्झौता नगर्ने बताए।  बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने -प्रति पक्षले गर्नु गर्‍या छ । मलाइ त लागेको थियो १५ दिन सरकारमा टिक्छु कि टिकदैन ,जनताले सन्तुष्ट मान्नु भएकै छ । सरकार टिकाउन कुनै अनुचित सम्झौता गर्दैन ।” प्रधानमन्त्री प्रचण्डले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए । धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए । उनले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरुसँग सम्झौता गर्न चाहिरहेको बताए । उनले आफूहरु भने जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरित गर्न चाहेको बताए । दुई पक्षबीचको लडाइँ यही भएको बताउदै उनले यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बताए । उनले आफुले सरकारको काम जनताले प्रत्यक्ष अनुभुति हुने गरि भएको भए पनि प्रचारमा नेता कार्यकर्ताको चासो नदेखिएको भन्दै गुनासो गरे । उनले भने – यदि केपि ओलिले गरेको भए खुब प्रचार हुन्थ्यो । हाम्रामा राम्रो काम भएको छ सुनियो सकियो । ”
उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजिएको बताए । अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने उनको भनाई थियो । उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताए । त्यसको लागि उनले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए । नेपाल कम्युनिष्ट पार्टी (समाजबादी ) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तनका लागि मोर्चा आवश्यक परेको बताए । नेता नेपालले दलाल पूजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्य गरी नेपाली बिशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाई गर्ने बताए ।
उनले जनताको जीवन रुपान्तरण नगरी अधिकाको आवाज उठाएर मात्रै सार्थक नहुने बताए । सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने मोर्चामा सहमति भएको उल्लेख गर्दै जनताका पीडा र भावनाको अगुवाई गर्ने उनको भनाइ थियो । एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने उल्लेख गर्दै उनले संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।
नेकपाका महासचिव विप्लव सीले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताए । हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको बताए ।
नेपालमा दलाल पूजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले भन्दै आएको बैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली बिशेषतासहितको समाजवाद मोर्चाको साझा विन्दु भएको उल्लेख गरे ।
मोर्चा बनाउन प्रधानमन्त्री प्रचण्डले ठूलो जोखिम मोलेको उल्लेख गर्दै बिप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने बताए। मोर्चा सम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको बताए। नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उहाँले यो बिदेशीहरुलाइ मन नपरेको बताए ।
महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको बताए । सरकारले सुशासनको पक्षमा गरेका काममाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उनले सरकारले गरेका कामको बिरोध गर्नेहरु परिवर्तन बिरोधी भएको बताए ।
जसपाका नेता राजकिशोर यादवले समाजवादी क्रान्तिको लागि मोर्चा बनाइएको बताउदै अब आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट समाजवादी क्रान्ति गर्नुपर्ने बताए त्यसको अगुवाई गर्न प्रधानमन्त्री प्रचण्डलाई उनको आग्रह छ। अहिलेको सरकारलाई जनताले वाहवाही गरिरहेको उल्लेख गर्दै उनले बलिदानीपूर्ण क्रान्तिको सपना पूरा गर्नुपर्ने बेला आएको बताए ।
नेकपाका पोलिटब्युरो सदस्य बसन्त सीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले गरेका थिए भने एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वागत गरेका थिए । मोर्चाका कार्यालय सदस्य प्रमेश हमालले मोर्चाको अवधारणा प्रस्तुत गर्दै प्रदेशको मोर्चाको संरचना प्रस्तुत गरेका थिए ।
मोर्चाको प्रदेश समन्वय समिति घोषणा
समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।
जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जसपाबाट नवीनकुमार सुनुवार, मणिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट वसन्त सी, नारायण सी र सम्झना सी रहनुभएको छ । समितिको अध्यक्ष चार महिनाका लागि नेकपाले गर्नेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.