Nepali News Portal

बर्दियामाअति भारी वर्षा, बार्बर्दिया – ८ का सबै गाउँ डुबानमा

काठमाडौं ।बर्दियाको रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अति भारी वर्षा हो । बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै  २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका ८ का सबै गाउँहरू डुबानमा परेका छन् ।
बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको वडाध्यक्ष नरबहादुर चन्दले बताए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको उनले बताए ।
बर्दियामा कर्णाली, बबइलगायत स्थानीय साना खोलाहरू रहेका छन् । तीन नदी र खोलामा आकस्मिक बाढी आउने भएकोले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् ।
बर्दियाँसगै सिन्धुलीको मरिनखोला स्टेशन, मकुवानपुरको मकवानपुरगढी, हेटौंडा स्टेशनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१.६, मकवानपुरगढीमा १५५.८ र हेटौंडामा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.