Nepali News Portal

४१ वर्ष पुगिन् प्रियंका चोपडा

ग्लोबल आइकन प्रियंका चोपडा मंगलबार ४१ वर्ष पूरा भई ४२ वर्षमा टेकेकी छन् । १८ जुलाई १९८२ मा भारतको झारखण्ड राज्यको जमसेदपुरमा जन्मिंदा उनी एक सामान्य कालो वर्णकी केटी थिइन्, जसले बाल्यकालदेखि नै रंगभेद र अश्लील टिप्पणीको सामना गर्नुपर्‍यो ।

१३ वर्षको उमेरमा अध्ययनलाई अमेरिका जाँदा उनले रंगभेदको सामना गर्नुपर्‍यो । बाथरुममा लुकाएर खाजा खान्थिन् । त्यहाँ तीन वर्ष बिताएपछि उनको व्यवहारमा परिवर्तन आयो । यसपछि उनका पिताले उनलाई घरबाट बाहिर निस्कन र जिन्स लगाउन समेत प्रतिबन्ध लगाए ।

तर प्रतिभा र जोशले उनलाई लामो समयसम्म सफलतामा निर्भर रहन दिएन । १८ वर्षको उमेरमै प्रियंकाले मिस वर्ल्ड बनेर उदाहरणीय काम गरिन् । फिल्ममा स्थान बनाउन चाहिं उनले अश्लील टिप्पणीहरुको सामना गर्नुपर्‍यो । आज उनै अभिनेत्री बलिउडकी धनी अभिनेत्रीमध्ये गनिन्छिन् । हिजोआज उनको व्यस्तता हलिउडमा समेत छ । प्रियंकाको जीवन निकै संघर्षपूर्ण र रोचक छ । एजेन्सी

You might also like
Leave A Reply

Your email address will not be published.