बुटवल । बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको गरिएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भदौ १ गतेदेखि सुरु हुने प्रतियोगिता ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागिता रहने छ ।
बुटवल ११ स्थित एन्फा एकेडेमिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले आज बिधालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । विद्यालय तहबाटै खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले सभेन एसाईड प्रतियोगिता गर्न लागेको उहाँले बताउनु भयो ।
प्रतियोगितामा उपविजेताले नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्रले पुस्कृत हुनेछन् । कुनै एक खेललाई नियमित रुपमा सञ्चालन गर्दा स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको खेलकुद विकासमा योगदान पुग्ने उहाँले बताउनु भयो ।
खेलकुदलाई अतिरिक्त क्रियाकलापका रुपमा नभई विद्यार्थीको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन, नेतृत्व क्षमता विकास गर्ने शैक्षिक माध्यमका रुपमा लिइएको भण्डारीले बताउनु भयो । यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर, गोर रक्षक र म्यान आफ दी म्याचलाई नगद सहित पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्राचार्य भण्डारीले २०६२ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय नयाँ व्यवस्थापन प्रारम्भसँगै शैक्षिक प्रणालीलाई समय, प्रविधि र विद्यार्थीको बदलिदो आवश्यकता अनुकुल रुपान्तरण अभियान थालिएको बताउनु भयो । विद्यालयले नमूना संसद नमूना संयुक्त राष्ट्र संघ तथा नमूना न्यायपालिका, गेष्ट अफ दी मन्थ, असल अभिभावक कार्यशाला, शिक्षक विद्यार्थी र बिशिष्ट व्यक्तिविच अन्तरसंवाद जस्ता नविन अभ्यासका कार्यक्रम गर्ने गरेको उहाँले जानकारी दिनु भयो ।
खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले विद्यालयमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताउनु भयो । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्टराई, सहप्राचार्य भिम बस्नेत, प्रायोजक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
You might also like