काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको छ ।
स्रोतका अनुसार कांग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो । सत्ता सहकार्यको विषयमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भइसकेको छ। यद्यपि, कुनै निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन्। पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत सुरु भएको छ । जेन-जी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहारप्रति कांग्रेस असन्तुष्ट हुनु रहेको मुख्य कारण रहेको बताईएको छ।
कांग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतको भनाई छ । सुदुर पश्चिम प्रदेशमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्तमा परेका छ्न ।
त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिनेछ । स्रोतका अनुसार दुवै दलबीच समझदारी बने कांग्रेस माओवादीसँग मिलेर प्रदेश सरकारमा सहभागी हुनेछ । सहमति नजुटे केन्द्रमा जस्तै प्रदेशमा पनि विपक्षमा बस्ने रणनीति कांग्रेसले बनाएको छ ।