बुटवल ।ब्रह्माकुमारी ईश्वररीय बिश्व बिधालय नेपाल क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा भोलि सोमबार बुटवलमा आध्यात्मिक जागृती द्वारा विश्व निर्माण कार्यक्रम हुने भएको छ । आज बुटवलमा पत्रकार सम्मेलन गरि आयोजकले मानिसहरुमा आध्यात्मिक जागरण ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको जनाएका छ्न ।
पत्रकार सम्मेलनमा ब्रह्माकुमारी ईश्वररीय बिश्व बिधालय नेपाल नेपाल अध्यक्ष – ब्रह्माकुमारी परिनीता दिदीले बिचारले संसार परिवर्तन गर्न सकिने बताउनु हुँदै उहाँले सहि बिचार प्रबाहमा मिडियाको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले आध्यात्मिक चिन्तन कुनै धार्मिक कुरा नभएको बताउनु हुँदै भन्नु भयो-“आध्यात्मिक आन्तरिक शक्ति हो कुनै धर्म होईन ।”
ब्रह्माकुमारी ईश्वररीय बिश्व बिधालय नेपाल महासचिव सैलेजराज बरालले संस्कारलाई शिष्ट बनाउनको लागि आध्यात्मिक चिन्तन जरुरी रहेको बताउनु भयो ।
उहाँले संसारलाई शान्तिमय बनाउन पत्रकारिता माध्यमबाट सम्भव हुने उहाँले बताउनु भयो । मानवजीवनलाई अनुशासित र सभ्य बनाउदै समाज सुधारको लागि पत्रकारको भुमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।
ब्रह्माकुमारी ईश्वररीय बिश्व बिधालय केन्द्रिय कार्यालय माउन्ट आबुमा सेवारत राजयोगी ब्रह्माकुमार डा. गङ्गाधरले पबित्र पत्रकारिता समाजको लागी उपयोगी हुने बताउनु भयो । पत्रकारिताबाट समाजले ठुलो अपेक्षा गरेको बताउँनु हुँदै उहाँले स्वस्छ पतकारिताको लागि आध्यात्मिकता पनि आवश्यक हुनेमा जोड दिनु भयो ।
ब्रह्माकुमारी ईश्वररीय बिश्व बिधालय नेपाल क्षेत्रीय कार्यालय बुटवलको प्रमुख ब्रह्माकुमारी कमला दिदिले पत्रकार आशाको दियो भएको बताउदै समाज परिवर्तनको लागी मिडियाको सकारात्मक भुमिकाको अपेक्षा व्यक्त गर्नु भयो । बिचार परिवर्तन गर्न गाह्रो कुरा भएकाले आफैबाट परिवर्तन सुरुवात गर्नु आवश्यक रहेको बताउँनु हुँदै स्वपरिवर्तनबाट बिश्व परिवर्तन हुने बताउनु भयो ।
You might also like