बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा आज देखि बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ ।
दुई दिन सम्म संचालन हुने उक्त सम्मेलनमा देश भरका मिडिया संचालक ,प्रकाशक तथा प्रशारकहरुको उपस्थिती रहेको छ ।
सम्मेलनको उदघाटन गर्नु हुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मिडिया बलियो भएमा लोकतन्त्र बलियो हुने बताउनु भयो । उहाँ एउटा सुचना छाप्न गोरखापत्रमा ३ महिना कुर्नु पर्ने अवस्थाले काम गर्न असहज भएको बताउँदै उहाँले
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा उदार अर्थनिति अवलम्बन गरेको मुलुकले सुचनामा एकाधिकार कायम गर्न नमिल्ने बताउनु भयो । सुचनाबाट बन्चित गरि सरकारले नागरिकको सुचना अधिकार कुन्ठित गरेको बताउनु भयो । सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताउदै उहाँले संसदीय जवाफदेहीता र जिम्मेवार बन्न नसक्ने सरकार लोकतन्त्र बिरोधि रहेको बताउनु भयो ।
नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले साना मिडियालाई बचाउन स्वरोजगार मूलक मिडियालाई मात्र लोककल्याणकारी बिज्ञापन बितरण गर्ने नीतिगत ब्यवस्था गर्नु पर्ने बताउनु भयो । मिडियाको दिगो भबिस्यको लागी एकजुट हुनुको विकल्प नभएको बताउनु भयो ।
प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झबिन्द्र भुसालले मिडियाको बिकासको लागी प्रेस काउन्सिल नेपाल प्रतिबद्ध रहेको बताउदै मिडिया पनि नागरिकप्रति जवाफदेही हुनु पर्नेमा जोड दिनु भयो ।
संघका अध्यक्ष नवराज कुँवरको अध्यक्षता, महासचिब माधव नेपालको संचालनमा भएको सम्मेलनमा उपाध्यक्ष बिष्णु भुसालले धन्यवाद ज्ञापन गर्नु भयो ।
You might also like