Nepali News Portal

कृषकहरुलाई घार सहित मौरी बितरण

बुटवल । रोल्पा सुनछहरी गाउँपालिकाका कृषकहरुलाई घार सहित मौरी बितरण गरिएको छ ।
सुनछहरी गाउँपालिका रोल्पा को आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र शहिद परिवार समाज नेपाल सस्था अर्घाखाँचीको साझेदारीममा संचालित कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना अन्तर्गत सुनछहरी गाउपालिका वडा ५ मा महिलाहरुलाई मौरी बितरण गरिएको हो ।
आयआर्जन सहयोग गर्ने उदेश्यले २५ घर परिवारलाई ५० घार सेरेना जातको मौरी वितरण गरिएको साझेदार संस्था सहिद परिवार समाज नेपालका अध्यक्ष बिशाल खडकाले जानकारी दिनुभयो । गाउपालिकाका उपाध्यक्ष नान्कली घर्तीको प्रमुख आतिथ्यता, वडा न ५ का वाड अध्यक्ष देबिराम रोका, सहिद परिवार समाजका अध्यक्ष विशाल खडका, कृषि शाखा प्रमुख कमल बोहोरा, पशु शाखा प्रमुख कृष्ण पान्डे, कृषि प्राबिधिक गग्गा रोका सस्थाका परियोना सयोजक काशिराम शर्मा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.