Nepali News Portal

बुटवल । लुम्बिनी सिटी कलेज (LCC) का विद्यार्थीहरूले ह्याकाथन प्रतियोगिता “Nepathon Vol-1” मा सफलता  हासिल गरेका छन्। देशभरका ५३ टोलीबीच कडा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा LCC Team-A ले सबैलाई पछि पार्दै विजेता (Winner) बन्न सफल भएको छ।

विजेता टोलीमा कल्पित नेपाल (B.Sc. CSIT, ४औं सेमेस्टर), निशान भुर्तेल (BIM, ६औं सेमेस्टर), सुमन खत्री (BCA, ८औं सेमेस्टर) र बिबेक भण्डारी (BCA, ८औं सेमेस्टर) रहेका छन्। त्यस्तै, लुम्बिनी सिटी कलेज का अर्को टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा चौथो स्थान (4th Position) हासिल गरेको छ, जसका सदस्यहरूमा बिजय ढकाल (B.Sc. CSIT, ६औं सेमेस्टर), अविष्कार ढेंगा (BCA, ६औं सेमेस्टर) र उनकी टोली रहेका छन्।
लुम्बिनी सिटी कलेज परिवारले दुबै टोलीका विद्यार्थीहरूलाई  बधाई ज्ञापन गर्दै उ लगनशीलता, सिर्जनशीलता र प्राविधिक दक्षताको उच्च प्रशंसा गरेको छ ।  यो कलेज  विशेष सीप विकास तालिम, IT आधारित कार्यशाला, व्यावसायिक तालिम, र पाठ्यक्रमगत तथा अतिरिक्त क्रियाकलापहरूमा अग्रणी संस्था हो। यो वर्ष मात्र कलेजले तीन पटक प्रदेशस्तरीय टपर र तीन पटक राष्ट्रियस्तरका प्रोग्रामिङ तथा ह्याकाथन प्रतियोगितामा विजेता बन्ने उपलब्धि हासिल गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.